• १९ असोज २०८१, शनिबार

कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनीत

blog

काठमाडौं, कात्तिक २ गते । सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचन प्रचारप्रसार समितिमा एक सय ३३ सदस्य मनोनीत गरिएको छ । 

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुरुप मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९, केन्द्रीय प्रचारप्रसार समितिमा सो सदस्य मनोनयन गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा प्रचारप्रसार समिति गठन भएको थियो ।