• ८ जेठ २०८१, मङ्गलबार

जोशीको निधनले अभिभावक गुमाएको पीडाबोध भएको छ : राष्ट्रपति भण्डारी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार विहान जोशीको निधन भएपछि सामाजिक सञ्जाल ट्वीट मार्फत राष्ट्रपति भण्डारीले सो दुःख व्यक्त गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएको पीडाबोध भएको छ । उहाँको सार्थक जीवन हामी सबैकालागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जलि ।”