• १२ साउन २०८१, शनिबार

महिला क्रिकेटमा पुलिसको विजयी सुरुवात

blog

काठमाडौं, अ‍ोसज २४ गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो ।

टस जितेर पहिलो ब्याटिङ गरेको पुलिले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा एक सय १० रनको योगफल तयार पारेको थियो । एक सय ११ रनको विजय लक्ष्य पछ्याएको कर्णालीले १०.२ ओभरमा सात विकेटको क्षतिमा १७ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएपछि डिएल मेथोडको आधारमा पुलिस विजयी भएको हो ।

खेलमा सर्वाधिक २५ रन बनाउनुभएकी पुलिसकी सम्झना खड्का ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । महिला क्रिकेटमा नौ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् ।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यसैगरी सोमबार हुने तय भएको प्रदेश–१ तथा लुम्बिनी प्रदेशबीचको खेल वर्षाको कारण रद्द भएको छ ।