• ५ वैशाख २०८१, बुधबार

‘नो अब्जेक्सन लेटर’ अब भक्तपुरबाट

blog

काठमाडौँ, असोज ११ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) वितरण भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)को कार्यालयबाट गर्ने भएको छ। 

यसअघि एनओसी केशरमहलस्थित कार्यालयबाट वितरण भइरहेको थियो। केशरमहलको पुनर्निर्माण भइरहेकाले तत्कालका लागि सानोठिमीस्थित कार्यालयबाट वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ। आइतबारदेखि नै यी सबै काम भक्तपुरबाट सञ्चालन हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। 

एनओसी वितरणसँगै शैक्षिक परामर्श तथा प्रमाणीकरण र छात्रवृत्तिसम्बन्धी काम पनि भक्तपुरबाटै सञ्चालन हुने मन्त्रालयले जनाएको छ। हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारभित्र रहे पनि यी तीनवटा शाखाको काम भने केशरमहलहबाटै भइरहेको थियो।