• ११ मंसिर २०८१, मङ्गलबार

'धुलोमाटोमै जीवन बित्छ, तर खान पुग्दैन’

blog

कर्णाली ग्रामीण वस्तीका महिला खेतको कामपछि थकान मार्दै । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, असोज ३ गते । झिसमिसेमै उठ्यो, बिहानदेखि बेलुकासम्म बारीको काममा खट्यो । घरबाट बोकेर लगेको चिसो खानाले भोक टार्‍यो । कर्णालीका अधिकांश महिलाको दैनिकी हो यो । धुलोमाटोमै जीवन बित्ने भए पनि वर्षभरि खान पुग्दैन ।

बिहानदेखि बेलुकासम्म बारीकै काममा हुने भएकाले व्यक्तिगत सरसफाइमा ध्यान पुग्ने कुरै भएन । माटोमै खेलेर जीवन गुजारे पनि अधिकांश जग्गा भिरालो पाखा हुनाले फलेको अन्नले चारदेखि ६ महिना मुस्किलले खान पुग्छ ।

माटोमै खेलेर जीवन गुजारे पनि अधिकांश जग्गा भिरालो पाखा हुनाले फलेको अन्नले चारदेखि ६ महिना मुस्किलले खान पुग्छ ।

महिनौँ अगाडिदेखि लगाएको मैलो रातो चोली र निलो धोतीमा रहेकी सोरु गाउँपालिका – ५ की जौकला रोकाया कुटो समातेर बारीमा खटिनुभएको छ । उहाँसँगै साथीसंगीहरु बारीमा गोडमेल गरिरहनुभएको छ । जौकलाजस्ता यहाँका महिलालाई यस्तै काम गर्दैमा हरेक दिन ढल्छन् । उहाँले भन्नुभयो, “हाम्रो जीवन धुलोमाटोमै बित्छ तर पनि खान पुग्दैन ।” 

हिमाली जिल्ला भएकाले यहाँको समुदायको प्रमुख पेसा पशुपालन र कृषि हो । यही परम्परागत पेसाले यहाँका महिलालाई व्यक्तिगत सरसफाइ गर्ने फुर्सद हुँदैन । वर्षभरिमा जुनबाली लगाए पनि वर्षको एक पटक बाली उत्पादन हुनेभएकोले अन्न पर्याप्त हुँदैन ।

पर्याप्त पौष्टिक आहारको कमीले र दैनिक व्यक्तिगत सरसफाइमा सुधार नभएकाले ३० वर्षकै कलिलो उमेरमा युवा–युवतीको मुहार चाउरिएको देखिन्छ । मुगु मानव विकास सूचकाङ्क सर्वेक्षणको तथ्याङ्कअनुसार जिल्लाका नागरिकको औसत आयु ४८ वर्ष मात्र छ ।


परम्परागत कृषि

जिल्लाका किसानलाई आधुनिक कृषिसम्बन्धी ज्ञान नभएकाले परम्परागत पेसालाई नै निरन्तरता दिएको बताउँछन् । भिरालो, सुख्खा जमिन भएको र सिँचाइ कुलोको समेत सम्भावना नभएकाले आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

कृषि विकास कार्यालयका प्रमुख खेमराज शाहीले भन्नुभयो, “कर्णालीका महिलाले परम्परागत रुपमा कृषि खेती गर्नेभएकाले धेरै मेहनत गर्नुपर्ने हुन्छ । मेहनतअनुसारको अन्न उत्पादन हुँदैन ।”

कृषि विकास कार्यालयका प्रमुख खेमराज शाहीले भन्नुभयो, “कर्णालीका महिलाले परम्परागत रुपमा कृषि खेती गर्नेभएकाले धेरै मेहनत गर्नुपर्ने हुन्छ । मेहनतअनुसारको अन्न उत्पादन हुँदैन ।”

कर्णालीको ग्रामीण बस्तीमा थ्रेसर, कुटानी पिसानी, तेल पिसानी मेशिनजस्ता आधुनिक वातावरण निर्माण गर्न सकेमात्र यहाँका महिलालाई राहत मिल्ने उहाँको भनाइ छ । प्रदेशबाटै योजना तोकिएर आउनेभएकाले कृषि विकास कार्यालयले यस्ता योजना समेट्न नसकेको प्रमुख शाहीले बताउनुभयो ।