• ६ कात्तिक २०८२, बिहिबार

कुटपिटबाट युवकको मृत्यु

blog

 बिर्तामोड, कार्तिक १६ गते । झापाको बिर्तामोड नगरपालिका ५ मा गएराति  कुटपिटबाट एक युवकको ज्यान गएको छ । 

बिर्तामोड नगरपालिका ५ बस्ने ३० वर्षीया जगन राजवंशीको टाउकोमा  बाँसले प्रहार गर्दा उहाँको उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

गएराती बुधबार साँझ साढे ६ बजेको समयमा विवाद भई झगडा हुँदा  उहाँलाई वर्ष २६ का हेमकुमार चौधरीले टाउकोमा बाँसले प्रहार गरी गम्भिर घाइते बनाएका थिए । 

घाइतेलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । बाँस प्रहार गर्ने चौधरीलाई लुकेको अवस्थामा झापा शिवसताक्षी नगरपालिका-७, ब्याङडाँडाबाट लुकेको अवस्थामा बिहान २ः १५ बजेको समयमा नियन्त्रणमा लिएको छ । 

पक्राउ परेको चौधरीलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।