• १६ वैशाख २०८१, आइतबार

डा. जगमान गुरुङ्लाई सुप्रसिद्ध प्रबल जनसेवा र १४ जनालाई प्रसिद्ध प्रबल पदक प्रदान

blog

काठमाडौं, असोज ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् डा. जगमान गुरुङ्लाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रदान गर्ने घोषणा गर्नुभएको छ । 

त्यसै गरी प्रसिद्ध प्रबल जनसेवा श्री बाट १४ जनालाई प्रदान गर्ने घोषणा गर्नुभएको छ । पदकबाट सम्मानित हुनेहरुमा टेकबहादुर मोक्तान, इश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर ज.ब.राणा, स्व.भागवत यादव, स्व. मेघराज उपाध्याय, स्व. सरदार भीमबहादुर पाण्डे, सूर्यप्रसाद सुवेदी, स्व. ठाकुरप्रसाद बगाना, स्व. हरिभक्त वली, स्व. प्रभाकरशमसेर जबरा, स्व. काशीप्रसाद श्रीवास्तव र सिगेरु सुगानामी रहनुभएको छ । 

त्यसैगरी पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने [आश्रित], मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ ।

उहाँहरुसँगै संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुसहित विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।