• १७ वैशाख २०८३, बिहिबार

खरबुजा बेच्न भ्याइनभ्याइ

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख १७ गते । कैलालीका किसानलाई खरबुजा बेच्न भ्याइनभ्याइ भएको छ । सिजन सुरु भएपछि बगर खेती गर्दै आएका किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको हो । मोहना, खुटिया नदीको बगरमा खरबुजा खेती गर्दै आएका उनीहरू धनगढीमा ल्याएर आफ्नो उत्पादन विक्री गरिरहेका छन् । गर्मीमा उत्पादन हुने खरबुजा यो सिजनका लागि फलदायी मानिन्छ । 

पथरी, धुरझन्ना, बङ्गरा, भुइयाँघाट, जुगेडातिर बगर खेती गरेका किसानले बयलगाडामा राखेर बजारसहित विभिन्न टोल टोलमा समेत पुगेर आफ्नो उत्पादन बिक्री गरिरहेका छन् । साँझपख वा बिहानै टिपेर खरबुजा धनगढी पु¥याउने गरेको धनगढी उपमहानगरपालिका–१७, पथरीका देशराज रानाले बताउनुभयो । 

आफूले दुई कट्ठा जमिनमा खरबुजा खेती गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सिजनभरि खरबुजा बिक्री गरेर ५०/६० हजार रुपियाँ आम्दानी हुन्छ ।”