• १६ चैत २०८०, शुक्रबार

भारतीय सेनाध्यक्ष पांडे नेपालमा

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाध्यक्ष जनरल मनोज पाँडे । तस्बिर : नेपाली सेना

काठमाडौं, भदौ १९ गते । भारतीय सेनाध्यक्ष जनरल मनोज पांडे आइतबार नेपालमा आइपुग्नु भएको छ। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाध्यक्ष पांडे आइतबार दिउँसो पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको हो। 

पाँच दिने नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुहुने कार्यक्रम रहेको छ। उहाँले प्रधानसेनापति शर्मासँग भेटवार्ता एवम् छलफल गरेपछि भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नुहुने कार्यक्रम छ। 

राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पांडेलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ।