• १३ साउन २०८१, आइतबार

२४ घण्टामा थप २७१ जनामा कोरोना पुष्टि, एकको मृत्यु

blog

काठमाडौं, भदौ १५ गते। पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ९२० जनाको कोरोना परीक्षण गर्दा २७१ जनामा सङ्क्रमण पुष्टि भएको हो।

दुई हजार ४८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ र एक हजार ४३५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७५ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा एक जना सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १९४ छ।