• १५ असार २०८१, शनिबार

ढल्केवरमा भेटिएको शंङ्कास्पद वस्तु प्रहरीले हटायो

blog

धनुषाको ढल्केवरस्थित बसही पुलमा राखिएको शंकास्पद वस्तु। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, भदौ ७ गते । धनुषाको ढल्केवरमा भेटिएको शङ्कास्पद वस्तु प्रहरीले हटाएको छ । मंगलबार दिउँसो १ बजे ढल्केवर–जनकपुर सडक खण्डको मिथिला नगरपालिका –६, ढल्केवरस्थित बसही पुलमा राखिएको शंङ्कास्पद वस्तु प्रहरीले हटाएको हो। 

खाली कार्टुनमा ‘खतरा’ लेखिएको र माथिबाट रातो कपडा राखिएको अवस्थामा भेटिएको शङ्कास्पद वस्तु प्रहरीले हटाएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकार दिनुभयो। समाजमा त्रास फैलाउन कसैले त्यस्तो गरेको हुनसक्ने उहाँको भनाइ छ। 

 शङ्कास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षित राखेर जाँच गर्दा विष्फोटक पदार्थ नरहेको पुष्टि भएपछि पुलबाट हटाएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो। 

यता, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका धनुषा जिल्ला इन्चार्ज त्रिलोकले सो शङ्कास्पद वस्तु आफ्नो समूहले राखेको जिम्मेवारी लिनुभएको छ। उहाँले निरीक्षक पार्टीले आह्वान गरेकोे नेपाल बन्द सफल पार्न पुलमा खतरा लेखिएको कार्टुन राखिएको बताउनुभयो। 

सरकारले तीन बुँदे सम्झौता उल्लङ्घन गर्दै पार्टीका शीर्ष २७ जना नेतालाई पक्राउ पुर्जी जारी गरेको विरुद्धमा नेपाल बन्दको आह्वान गरिएको इन्चार्ज त्रिलोकले बताउनुभयो।