नारद कोहार
तौलिहवा, साउन ६ गते । कपिलबस्तुमा सिँचाइ गर्ने कुलोको विवादबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महाराजगंज नगरपालिका २ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी साहले बताउनुभयो ।
स्थानीय ६३ वर्षीय अब्दुल हक मुसलमान र उहाँका छोरा २० वर्षका सम्साद मुसलमानले धुनियालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते धुनियाको कपिलबस्तु अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।
घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो ।