• १२ असार २०८१, बुधबार

जसपा नेता राईसहित नेताहरु एमाले प्रवेश

blog

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता राईलाई पार्टी मुख्यालय च्यासलमा स्वागत गर्नुहुँदै । तस्बिर : एमाले सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका सदस्य हेमराज राई नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनका पुराना नेता राई पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँसहित जसपाका केन्द्रीय सदस्यहरु शान्त्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा र शंकरबहादुर सार्की बुधबार एमालेमा प्रवेश गर्नुभएको हो ।  

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई स्वागत गर्नुभयो । पार्टी प्रवेशका क्रममा नेता हेमराज राइले लोकतन्त्रको संरक्षणका निम्ति आफू पुनः एमालेमा फर्केको बताउनुभयो । देशको आर्थिक समृद्धि र राष्ट्रियताका लागि योगदान दिन आफू पुरानै घरमा फर्केको उहाँको भनाइ छ ।नेता राई एमालेमा फर्केपछि आगामी दिनमा यही पार्टीमा रहेर देश र जनताका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । नेता राईसँग जसपाका अन्य केन्द्रीय सदस्य समेत एमाले प्रवेश गर्नुभयो ।