• ६ साउन २०८१, आइतबार

सिरहामा गठबन्धनबाट उम्मेदवार हुने पूर्व मन्त्रीको व्यवस्थापनमै सकस

blog

निर्वाचन आयोग । फाइल तस्बिर

जीबछ यादव

लहान, भदौ १ गते । मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनका लागि अहिले कुन दलबाट को उम्मेदबार बन्ने भन्ने चर्चा चुलिएको छ ।  पूर्व मन्त्रीहरुले उम्मेदवार बन्न रुचि देखाएपछि सिरहामा गठबन्धन दललाई उम्मेदवार चयनमा सकस हुने देखिएको छ । 

२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएको प्रदिप गिरी अस्वस्थ्य भएको कारण उहाँ चुनाव नउठ्ने करिब निश्चित नै भएको नेपाली काँग्रेसका युवा नेता शैलेन्द्रकुमार यादवले बताउनुभयो । यादवका अनुसार नेपाली काँग्रेसकै भागमा सिरहा –१ पर्यो भने पूर्व मन्त्री पदमनारायण चौधरी, नेपाली काँग्रेसका जिल्ला उपसभापति रहनु भएका सुनिलकुमार महतो र पूर्व उपसभामुख तथा शिक्षा मन्त्री रहनु भएकी चित्रलेखा यादव उम्मेदवार बन्ने प्रवल संभावना रहेको छ । 

नेकपा एमालेबाट केन्द्रिय सदस्य गंगाप्रसाद यादव, रामशङ्कर यादव र मुनि साहमध्ये एक जना संघीय सांसदको उम्मेदवार हुने चर्चा चलेको छ । नेकपा एमालेको युवा नेता इन्द्रेस राउतका अनुसार सिरहाको चार मध्ये तीन क्षेत्रमा एमाले जित्ने संभावना रहेको छ । 

सिरहामा रहेको चारवटा संघीय र आठ प्रदेशसभाको लागि गठबन्धनबाट कुन दलको फाँटमा कुन क्षेत्र पर्ने स्पष्ट नभएकोले अन्योल रहेपनि उम्मेदवारको घोषणा गर्न एमालेले गृहकार्य थालि सकेको छ । सिरहा –३ बाट निर्वाचित भई पूर्व कानून न्याय तथा संसदीय व्यवस्था मामिला मन्त्री हुनु भएको लिलानाथ श्रेष्ठ उम्मेदवार हुने निश्चित रहेको नेकपा एमाले सिरहा जिल्ला इन्चार्ज गङगा प्रसाद यादवले बताउनुभयो ।  

२०७५ को चुनावमा चार संघीय क्षेत्रमध्ये  सिरहा –१ मा नेपाली काँग्रेसबाट प्रदिप गिरी, सिरहा –२ मा नेकपा माओवादी केनद्रका सुरेशचन्द्र दास, सिरहा–३ मा नेकपा एमालेबाट लिलानाथ श्रेष्ठर सिरहा –४ बाट तत्कालिन राष्ट्रिय जनता दलबाट राज किशोर यादव निर्वाचित हुनु भएको थियो । 

सिरहा –२ बाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास, सिरहा –४ बाट तत्कालिन राष्ट्रिय जनता दलबाट राजकिशोर यादव निर्वाचित हुनु भएको थियो । प्रदेशसभाको आठ मध्ये चार स्थानमा एमाले, एक स्थानमा तत्कालिन संघीय समाजवादी र एक स्थानमा राष्ट्रिय जनता दल निर्वाचित भएको थियो । 

नेपाली काँग्रेसबाट संघीय सांसदका लागि पूर्वमन्त्रीहरुमा पदमनारायण चौधरी, चित्रलेखा यादव, सिता देवी यादवका पुत्र सुभाषचन्द्र यादव, नेपाली काँग्रेस सिरहा सभापति राम चन्द्र यादव र जिल्ला उपसभापति सुनिल कुमार महतो उम्मेदबार बन्न कसरतमा लागि सक्नु भएको चर्चाले गति लिएको छ भने जसपाबाट पूर्व मन्त्रीहरु क्रमशः राजलाल यादव,शत्रुधन महतो, राज किशोर यादव, बिजय यादव, शत्रुधन महतो कोइरीको नाम अग्र स्थानमा रहेको छ । 

यसैगरी नेकपा एकिकृत समाजवादीबाट पूर्व मन्त्रीहरुमा रामचन्द्र यादव, धर्मनाथ प्रसाद यादव संघीय सांसदको उम्मेदबारको लागि चर्चामा रहनु भएको छ । नेकपा माओवादी केन्द्रबाट पूर्वमन्त्री अजयशंकर  नायक, विश्वनाथ साह, महेन्द्र पासवान र राम कुमार यादवको नाम चर्चामा रहेको छ । 

गठबन्धनमा रहेका दलहरुमा उम्मेदवारको सूचीमा पूर्व मन्त्री रहि सक्नु भएकाहरु नै बढी रुचि देखाएकोले कसरी मिलाउने चुनौती रहेको छ भने लोकप्रियता र जित्न सक्ने उम्मेदबारको चयन गरी उम्मेदवारको घोषणा पहिले नै गरेर चुनावी माहोल तयार गर्ने रणनीतिमा नेकपा एमाले लागेको छ ।