• १४ वैशाख २०८१, शुक्रबार

मौसममा आंशिकदेखि सामान्य बदली

blog

कामठाडौं, भदौ १ गते । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १ का पहाडी भूभागमा मौसम पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । 

बाँकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १ मा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले वनाएको छ ।देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।