• २० वैशाख २०८१, बिहिबार

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

blog

पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि (दायाँ) र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवा । तस्बिर : नेता निधिकाे निजी सचिवालय

काठमाडौं, साउन १८ गते । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । 

नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल भारत दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायतका विषयमा छलफल भएको थियो । 

त्यस अवसरमा कांग्रेस पूर्व उपसभापतिसमेत रहनुभएका निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका पदाधिकारीसँगको बैठक उपलिब्धमूलक भएको बताउनु भएको छ । 

यसले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रुपमा थप बलियो बनाउने निधिले विश्वास व्यक्त गर्नुभयो । चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको जानकारी नेता निधिको निजी सचिवालयले दिएको छ ।  

गत शुक्रबार अयोध्या पुग्नु भएका निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने बचन दिनुभएको सचिवालयले जनाएको छ ।