• २२ असार २०८१, शनिबार

साफ यू–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

blog

श्रीलंकाविरुद्ध गोल गरेपछि खुशी मनाउँदै नेपालका खेलाडी । तस्बिर : एनएसजेएफ

काठमाडौं, साउन ११ गते । नेपालले साफ यू२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगिताको दोस्रो खेलमा बुधबार नेपालले श्रीलंकालाई ० गोलले हरायो । 

जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालको जितमा कप्तान आयुष घलान, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले सबै गोल दोस्रो हाफमा गरेको थियो । आयुषले ५८औं मिनेटमा खाता खोल्नुभयो । क्रितिशरत्नले ६५औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाउनु भयो । मनग्यले ८४औं मिनेटमा गोल गर्दै नेपाललाई सजिलै जिताउनुभयो । 

लगातार दोस्रो जितसँगै नेपालले ६ अंक बनाएको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४० गोलले पराजित गरेको थियो । श्रीलंकालले लगातार दोस्रो हार खेपेको छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १० गोलले पराजित भएको थियो । बुधबारनै भएको अर्को खेलमा बंगलादेशले भारतलाई २१ गोलले पराजित गरेको छ । 

नेपाल पहिलो पटक आयोजित यस च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको छ । यसअघि यू–१९ र यू–१८ उमेर समूहमा प्रतिस्पर्धा हुँदै आएको यस प्रतियोगिता पहिलो पटक यू–२० उमेर समूहको आयोजना गरिएको हो । 

नेपालले अब तेस्रो खेल भारतसँग जुलाई ३१ र अन्तिम खेल बङ्गलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउन्ड रोबिन लिगका आधारमा खेलिने प्रतियोगिताको शीर्ष दुई टोलीबीच अगस्ट ५ तारिख फाइनल प्रतिस्पर्धा हुनेछ ।