• ३ साउन २०८१, बिहिबार

लोकतान्त्रिक खेलकुद संघले राखेप भित्रको गतिविधीलाई निगरानी गर्ने

blog

काठमाडौं, साउन १० गते । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) भित्र भएका गतिविधीलाई एक एक गरी निगरानी गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा सोमबार बसेको केन्द्रीय कमिटिको बठकले उक्त निर्णय गरेको हो ।

नेपाली काँग्रेसले संघलाई हालै भातृ संगठनको रुपमा मान्यता प्रदान गरे थियो । संघले नेपाली काँग्रेसका शिर्ष नेतृत्वहरु र केन्द्रीय कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पनि पास गरेको छ । संघले राखेप भित्र भएका गतिवीधीलाई नियाल्दै खेलाडी र कर्मचारीको हक हितका लागि सदैव साथ दिने, पार्टीलाई आउदो संघीय र प्रदेशको निर्वाचनमा सहयोग गर्दै एक बुथमा ५० जना संघका सदस्य राख्ने निर्णय पनि गरेको छ । 

यस्तै संघदे भदौ २४ गते विपी जयन्तीको अवसरमा काँग्रेस केन्द्रीय समिति र  नेपाल लोकतान्त्रिक खेलकुद संघबीच मैत्रीपूर्ण फुटवल खेल खेल्ने निर्णय पनि गरेको छ । संघले हालै अखिल नेपाल फुटवल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित हुनुभएका संघका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा निर्वाचित संघका सचिव विरबहादुर खड्का, सदस्यमा निर्वाचित संघका सचिव मनिष जोशीलाई बधाई तथा कार्यकालको शुभकामना समेत प्रदान गरेको छ ।

यसैगरी संघले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सिमति र उपसमितिहरु गठन गर्दा संघलाई व्यवास्ता गरी आफ्ना नजिकका संघ तथा ब्यक्तिहरुलाई जिम्मेवारी दिनुले आर्थिक घोटला हुन सक्ने विषयलाई गम्भीर रुपमा लिएको छ ।