• १९ असार २०८१, बुधबार

अछाम पहिरो पीडितलाई तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन

blog

पहिरोले पुरिएर घाइते अवस्थामा उद्धार हुनुभएकी नैना विष्ट पानी पिउनुहुँदै ।

काठमाडौँ, साउन ९ गते । गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको  छ । 

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध  गराउन निर्देशन दिनुभएको हो ।

आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रजिअ मरासिनीले जानकारी दिनुभयो ।

६५ वर्षीया नैना विष्टको भने जीवितै उद्धार गरेर अस्पताल पुर्याइएको मरासिनीले जानकारी दिनुभयो । उहाँको अवस्था सामान्य छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका प्रजिअ मरासिनीले बताउनुभयो । घरमुली अमर  भने कामका सिलसिलामा घर बाहिर रहेको जानकारी आएको र अहिले पहिरो रोकिएको उहाँले बताउनुभयो ।