• २२ असार २०८१, शनिबार

पहिरोले घर भत्किँदा तीनजनाको मृत्यु

blog

घर भत्किएपछि उद्धारका क्रममा स्थानीय ।

अछाम, साउन ९ गते । पहिरोले घर भत्किएपछि अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया हिरकला विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्ट रहेको प्रहरीले जनाएको छ । 

घरभित्र सुतेरहेको अवस्थामा राती करिब १२ बजेतिर घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि एकै कोठामा रहेका विरेन्द्र र संविधान कोठामै पुरिएर मृत्यु भएको हो । बाहिरी कोठामा सुुतेकी हरिकलाको मृत्यु भएको छ भने नैना विष्टलाई च्यापिएको अवस्थामा उद्धार गरिएको वडा सदस्य दिपेन्द्र कामीले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा विरेन्द्र विष्ट घरमुली अमर विष्टको छोरा र हरिकला  विष्ट भाउजु र संविधान विष्ट भतिजा रहेको वडा सदस्य कामीले जानकारी दिनुभयो । हरिकला र संविधान विष्ट आफ्नो घर भत्किने जोखिमका कारण त्यस घरमा सुत्न आएको बताइएको छ । तीन तलाको १० कोठा रहेको घर भत्किएसँगै आठ बाख्रा च्यापिएर मरेको छ । 

प्रहरीले मुचुल्का तयार पारी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लागिएको छ । 

Author

शिवराज ढुंगाना