• १ जेठ २०८१, मङ्गलबार

एसियन शारीरिक सुगठनमा उमेशलाई रजत

blog

शारीरिक सुगठनमा रजत पदक विजेता उमेश राई । तस्बिर : राखेप

काठमाडौं, साउन ५ गते । नेपालका उमेश राईले मालदिभ्समा जारीे ५४औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । राईले ८० केजी तौलमा रजत पदक जितेको नेपाली टोलीका ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिनुभयो । 

आठ खेलाडी सहभागी यस स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कांस्य पदक जित्नुभयो । यस प्रतियोगिताको फिटनेस फिजिकतर्फ १७० सेमि स्पर्धामा राजु राईले कांस्य पदक जित्नु भएको थियो । नेपालबाट तीन खेलाडीको सहभागिता रहेको यस प्रतियोगितामा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धर छैटौं स्थानमा रहनुभयो । 

नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले प्रतियोगितामा रजत विजेतालाई एक लाख र कांस्य पदक विजेतालाई ७५ हजार रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ । नेपालले आगामी वर्ष ५५औं एसियन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ ।