• १२ असोज २०८१, शनिबार

बाढीले दुई घर बगाउँदा परिवारको बिचल्ली

blog

गत मङ्गलबार राति बूढीगङ्गा नदीमा आएको बाढीले जोखिममा रहेका भौनेराका घर। तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, साउन ४ गते। बाजुराको बूढीगङ्गामा नदीमा आएको बाढीले  बडिमालिका नगरपालिका वडा नम्बर २  को भौनेरामा दुई घर बनाएपछि पीडितको बिचल्ली भएको छ। गत मङ्गलबार बूढीगङ्गामा नदीमा आएको बाढीले घर बगाएपछि अहिले दुई परिवार विचल्ली भएका हुन्। 

बूढीगङ्गामा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ का अम्मरराज पण्डित, तर्कराज पण्डितको घर बगाएको र अन्य घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाका अनुसार बूढीगङ्गा नदीमा आएको बाढीले दुई घर बगाउँदा त्यस घरमा रहेको सबै कुरा नष्ट भएको हो। आफ्नो घर जोखिममा रहेपछि उनीहरु अहिले स्थानीयको घरमा शरण लिएर बसेका छन्।