• १२ पुस २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ

blog

राष्ट्रपति भण्डारीसमक्ष बिभिन्न देशका लागि नवनियुक्त राजदूतहरु शुक्रबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गर्नुहुँदै । तस्विर : कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३१ गते । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सात वटा विभिन्न देशका लागि नवनियुक्त हुनुभएका राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज एक समारोहकाबीच उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएका नवनियुक्त राजदूतहरुमा बहराइनका लागि नेपाली राजदूत तीर्थराज बाग्ले, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल, साउदी अरेवियाका लागि राजदूत नवराज सुवेदी, श्रीलंकाका लागि राजदूत वासुदेव मिश्र, अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि भरतकुमार रेग्मी, इजिप्टका लागि राजदूत सुशीलकुमार लम्साल, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी रहनुभएको छ ।


राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नवनियुक्त राजदूतहरुले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।