• ८ असार २०८१, शनिबार

जोकोभिच सातौं पटक विम्बल्डन च्याम्पियन

blog

विम्बल्डन उपाधिसहित नोभाक जोकोभिच ।

काठमाडौं, असार २७ गते । विम्बल्डन टेनिस उपाधि विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले जित्नुभएको छ । लन्डन स्थित अल इङ्ल्यान्ड क्लबमा आइतबार राति भएको रोमाञ्चक फाइनल भिडन्तमा जोकोभिचले अस्ट्रेलियाका निक क्रिगोसलाई ४–६, ६–३, ६–४, ७–६ (७–३) को सेटमा हराउनुभयो ।

साविक विजेता जोकोभिचको यो सातौं विम्बल्डन उपाधि हो । उहाँले विम्बल्डनको उपाधि जितेको यो लगातार चौथो पटक हो । यससँगै उहाँले ब्यक्तिगत ग्रान्ड स्लाम उपाधि संख्या २१ बनाउनु भएको छ ।

धेरै ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडीको सूचीमा जोकोभिच दोस्रो स्थानमा हुनुहुन्छ । शीर्षस्थानमा आसिन राफेल नाडालको नाममा २२ वटा ग्रान्ड स्लाम उपाधि छ । यसपटक चोटका कारण नाडालले सेमिफाइनलमा क्रिगोसलाई वाकओभर दिनुभएको थियो । एजेन्सी