• २६ पुस २०८१, शुक्रबार

कांग्रेस पदाधिकारी बैठकमा भ्रातृ तथा शुभेच्छुक सङ्गठनको विधानबारे छलफल

blog

फाइल तस्बिर

काठमाडौं, असार २६ गते। सत्तारुढ दल नेपाली कांग्रेसको आइतबारको पदाधिकारी बैठकमा भ्रातृ एवम् शुभेच्छुक सङ्घ, सङ्गठनको विधानबारे छलफल भएको छ। 

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकमा भ्रातृ एवम् शुभेच्छुक संगठनको विधान केन्द्रीय समितिमा पेश गर्नेगरी टुङ्गो लगाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा भ्रातृ, शुभेच्छुक सङ्घ, संस्थाको विधान टुङ्गो लगाइयो, यो केन्द्रीय समितिको बैठकमा पेश हुनेछ।”

कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।