• १३ वैशाख २०८१, बिहिबार

भिडियो कुराकानीमा छालाको हेरचाह

वर्षायाममा छालामा के कस्ता समस्या देखिन्छन् ?

blog

काठमाडौं, असार २३ गते । वर्षायाममा छालामा विभिन्न रोगहरु देखिन्छन् । छाला रोग विशेषज्ञ प्राडा. सविना भट्टराईले यो सयममा मौसमको आद्रता बढ्ने हुँदा शरीरको पसिना गुम्सिएर विभिन्न ब्याक्टेरीया र ढुस्सीले छालामा समस्या देखिने बताउनुहुन्छ । साथै, गर्मीले गुम्सिएर घाउँ पाक्ने, आँप खाँदा आँपको चोपले एलर्जी हुने, घमौरा आउने, कीराको टोकाइले एलर्जी हुने जस्ता छालाको समस्या देखिने उहाँले जानकारी दिनुभयो ।

खेती किसानी गर्नेलाई हिलोमा काम गर्दा हात खुट्टामा हिलोले खाने समस्या देखिने डा. भट्टराई बताउनुहुन्छ । कतिपयले हिलोमा काम गर्दा पञ्जा र रबरको बुट लामो समयसम्म लगाउँदा गुम्सिएर ढुस्सी आउने गर्छ ।

यस्तो समस्या आउँदा चिलाउने, छाला रातो हुने, छाला उकिएर जाने, पानीका फोका उठ्ने, सेतो पाप्रा जम्ने, औँलाको भाग सुन्निने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् । यस्तो समस्या हुन दिन लामो समयसम्म खुट्टामा पानी र हिलोमा काम गरिसकेपछि र हातखुट्टा ओभानो बनाएर राख्ने चिकित्सकको सुझाव छ ।


यस्तो समस्या बारम्बार बल्झिने गर्छ, तर्सथ यस्तो समस्या देखिने साथ छालारोग विशेषज्ञसँग परामर्श लिएर औषधि उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार यस्तो समस्या सुरुवाती चरणमा उपचार गर्दा निको हुन्छ । सरसफाइमा ध्यान नदिँदा, शरीर गुम्स्याएर राख्दा र पानीमा धेरै खेल्दा फंगस रोग लाग्छ । त्यसैले आफ्नो शरीरको सरसफाइमा ध्यान दिने, अरुको चप्पल, जुत्ता, मोजा, लुगा, सकेसम्म प्रयोग नगर्ने डा भट्टराईको सुझाव छ ।

पसिना सोस्ने खालका सुतीका कपडा लगाउने, खुट्टा धोएपछि पुछ्ने, खुट्टालाई गुम्स्याएर नराख्ने, औंलाका कापमा पानी जम्न नदिन गर्दा यस्तो समस्याबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

वर्षाको समयमा छालामा के कस्ता समस्या देखिन्छन्, यसको उपचार र रोगथामका विषयमा केन्द्रित भएर छाला रोग विशेषज्ञ प्राडा. सविना भट्टराईसँग पत्रकार सिर्जना खत्री, मनोजरत्न शाही  र केशब गुरुङले गरेको भिडियो संवाद:


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।