• १२ असोज २०८१, शनिबार

ललिता प्रकरणमा सरकारले चासो दिएन : सांसद सुवाल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २० गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो नदिएको गुनासो गर्नुभएको छ । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो गुनासो गर्नुभयो । 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको उहाँले टिप्पणी गर्नुभयो । सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो ? भन्दै प्रश्न गर्नुभयो । जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्या बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भनेर देवताको बिरोध छ यो कसले हेर्छ ? यो कसको कार्य सञ्चालनभित्र पर्छ । प्रहरी अधिकारीहरु जनताको समस्याबारे अर्को मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम भइरहेको जनताको गुनासो छ, त्यस्तो गर्न पाउँछ कि पाउँदैन ? उहाँले जिज्ञासा गर्नुभयो ।

प्रहरीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढाए पनि सरकारले त्यो मुद्दा अदालतमा नलगेको उहाँले आरोप लगाउनुभयो । सांसद सुवालले पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भन्दै त्यसलाई कुन सुरक्षा निकायबाट हेर्ने हो ? प्रश्न गर्नुभयो ।