शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वसन्त पराजुली
नारायणगढ, कात्तिक ४ गते । भरतपुर महानगरपालिका–१० स्थित एयरपोट नजिकै सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार राति २ बजे बा.प्र.०६–००३ प ०६९२ नं.को स्कुटर आफैँ अनियन्त्रित भई पल्टदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कुटर चालक भरतपुर म.न.पा.२१ वस्ने वर्ष २५ को संदिप घिमिरे र स्कुटर पछाडी सवार वर्ष २८ को कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको हो । उनिहरु दुबै जनाको टाउकोमा गम्भीर चोट थियो ।