विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक ४ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको एक किराना पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ निवासक निवासी ३७ वर्षीय इन्द्र मुखियाको किराना पसलमा सोमबार भएको आगलागीबाट घरसहित करिब तीन लाख ७८ हजार रुपियाँ बराबरको सामान जलेर नष्ट भएको हो ।
सोमबार राति मुखियाको पसलमा पेट्रोल हालेर कुपी बाल्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीलेका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
आगलागीबाट करिब २२ हजार रुपियाँको फ्रिज, ६ हजारको साइकल, ५० हजार बराबरको टिनको छानो, ३० हजार नगद, एक लाख ५० हजारको फर्निचर, ७० हजारको किराना तथा रक्सीका सामान र ५० हजार बराबरको लत्ता–कपडा गरी तीन लाख ७८ हजार रुपियाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो ।
आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टापछि राति करिब १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।