शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वसन्त परनजुली
नारायणगढ कात्तिक ४ गते । जुवा खेल्ने उपर प्रहरीले पक्राउ गर्न सक्रियता बढाएको छ । सोमबार राति मात्रै प्रहरीले चितवनको दुई स्थानमा छापा मारेर २१ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार राति १ः३० बजेको समयमा भरतपुर म.न.पा.१० ओदान रेस्टुरेन्टमा जुवातास खेल्दै गरेको अवस्थामा नगद दुई लाख ११ हजार २१० रपियाँसहित १० जना जनालाई पक्राउ गरिएको हो ।
यस्तै, सोमबार मध्यरातमा खैरहनी नगरपालिका वडा नम्बर ११ गैंडामा पनि प्रहरीले ११ जना पक्राउ गरेको छ । उनिहरुवाट प्रहरीले एक लाख पचास हजार सात सय २० रुपियाँ नगद र पाँच बुक तास बरामद गरेको छ ।