शेरबहादुर राई
ओखलढुङ्गा, असोज २६ गते । खाना खाने क्रममा अड्किएर एक वृद्धको ज्यान गएको छ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर ज्यान गएको हो ।
खाना खादै गर्दा खाना अड्किएर खड्काको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।