गोरखापत्र अनलाइन
काठमाडौं, असोज २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज काठमाडौंको सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रशारण विभाग र पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत भ्रमण गरिरहनुभएको छ ।
मन्त्री खरेलका प्रमुख स्वकीय सचिव उद्धव भट्टराईका अनुसार मन्त्री खरेल स्थलगत भ्रमणका लागि सञ्चारग्राम परिसर पुगिसक्नुभएको छ । उहाँले बिहान १० बजे प्रेस काउन्सिल नेपालको स्थलगत भ्रमण गरिरहनुभएको छ ।
त्यस्तै, बिहान ११ बजे सूचना विभागको र दिउँसो १२ बजे न्यूनतम परिश्रमिक निर्धारण समितिको कार्यालयमा स्थलगत भ्रमण र छलफल गर्नुहुनेछ । मन्त्री खरेलको साथमा मन्त्रालयका सचिव राधिका अर्यालसहित मन्त्रालयका कर्मचारी सहभागी रहनुभएको छ ।