आज विश्व पर्यटन दिवस । नेपालमा पनि यो दिवस विविध कार्यव्रmम गरी मनाइँदै छ । नेपाल एक प्राकृतिक रूपले अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । नेपालको विकासमा पर्यटन क्षेत्रको उत्तिकै योगदान रहँदै आएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वको दुर्लभ देश नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधताले समेत सम्भावना बोकेको देश हो । प्रत्येक दिन जसो मनाइने फरक जातजातिका फरक चाडपर्व, संस्कार र रीतिरिवाजले नेपाललाई विश्वमाझ चिनाउन पनि थप सहज भएको छ । विश्वकै उत्कृष्ट रारा, फोक्सुन्डो, तिलिचो, फेवालगायतका सुन्दर मनोरम ताल, हिमालको काख, हिन्दु धर्मको आस्थाको केन्द्र पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, मनकामना, स्वयम्भू, स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरलगायतका ऐतिहासिक आस्थाका धरोहरले धार्मिक पर्यटनको सम्भावना पनि उत्तिकै बोकेका छन् ।
पछिल्लो समय नेपाल एक साहसिक पर्यटनको थलोका रूपमा समेत विकसित भइसकेको छ । प्याराग्लाइडिङ, बन्जी जम्प, रक क्लाइम्बिङ, अल्ट्रालाइट, जिप फ्लायर्स, जङ्गल सफारी, स्काई ड्राइभिङ जस्ता साहसिक पर्यटनले पर्यटकको हबका रूपमा नेपाललाई लिइँदै आएको छ । यस्तै नेपालमा कृषि पर्यटन, खेल पर्यटनको समेत उत्तिकै सम्भावना रहेको छ । नेपालमा उत्पादन हुने स्याउ, कफी, सुन्तला, नास्पाती, तोरी, धान, गहुँलगायतका बाली साथै विभिन्न स्थानमा हुने माछापालनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । नेपालको प्राकृतिक सुन्दरतासँग लुकामारी खेल्दै नेपाल घुम्न जोकोही पर्यटक पनि लालायित हुने गरेका छन् ।
पर्यटक आगमन वृद्धि
पछिल्लो महिना सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको थियो । बोर्डको तथ्याङ्क अनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट सात हजार ५३३ अर्थात् ८.५, अमेरिकाबाट छ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलङ्काबाट पाँच लाख ९५६ अर्थात् ६.७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका हुन् । सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् ।
जेनजी आन्दोलनको असर
नेपालमा पटक पटक हुने सत्ता परिवर्तन र आन्दोलनबाट पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्ने गरेको छ । विगतमा विसं २०७२ को महाभूकम्पले तहसनहस बनेको यस क्षेत्र बिस्तारै तङ्ग्रिएको समयमा विसं २०७६ बाट विश्वभरनै महामारीका रूपमा फैलिएको कोरोना सङ्व्रmमणले शून्यको अवस्थामा पुगेको थियो । कोरोना सङ्व्रmमणबाट बिस्तारै जुर्मराउँदै पुरानै अवस्थामा फर्किएको पर्यटन क्षेत्र फेरि गत भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनको चपेटामा परेको छ । यसले पर्यटक आवागमनमा सेप्टेम्बरमा मात्र ४० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । जसका कारण लाखौँ डलरको विदेशी मुद्रा आर्जनदेखि झन्डै १२ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको पर्यटन क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ ।
यस आन्दोलनबाट निजी क्षेत्रले ८० अर्ब बराबरको क्षति बेहोर्नु परेको आकलन गरिएको छ । होटेल व्यवसायीको पीडा पनि उस्तै छ । होटेल सङ्घको प्रारम्भिक विवरण अनुसार दुई दर्जन होटेलमा क्षति पुगेको छ । जसमा २५ अर्ब रुपियाँभन्दा बढीको नोक्सानी भएको छ । आन्दोलनका व्रmममा काठमाडौँ उपत्यकाका होटेलसहित पोखरा, बुटवल, भैरहवा, झापा, विराटनगर, धनगढी, तुलसीपुर, महोत्तरीलगायत ठाउँमा सञ्चालनमा रहेका होटेलमा तोडफोड तथा आगजनी भए । एक वर्षअघि मात्रै काठमाडौँमा सञ्चालन भएको हिल्टन होटेलले मात्रै आठ अर्बभन्दा बढीको क्षति बेहोर्नु प¥यो । प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका होटेलका दुई हजारभन्दा बढी कामदारको रोजीरोटी गुम्ने अवस्था सिर्जना भएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा मात्र नभई समग्र देशकै आर्थिक अवस्थामा समेत गम्भीर सङ्कट उत्पन्न गरेको छ ।
नेपाल भ्रमणका लागि सबैभन्दा उपयुक्त समय सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मानिन्छ भने आन्तरिक पर्यटकसमेत दसैँतिहारमा हुने लामो बिदामा यही सिजनमा घुमफिर गर्न निस्कने गर्थे । यो सिजनलाई भर्खरै वर्षायामबाट खुलेको हरियालीको दृश्यावलोकन र टलक्क टल्केका हिमालको यात्राका लागि महìवपूर्ण मान्ने गरिएको छ । यही सिजनमा निम्तिएको जेनजी आन्दोलनले पर्यटक बजारलाई सुस्त मात्र बनाएको छैन, करिब शून्य अवस्थामा पु¥याएको छ ।
चलायमान बनाउने प्रयास
जेनजी आन्दोलनबाट प्रभावित पर्यटन क्षेत्र र बजारलाई तत्काल माथि उठाउनका लागि तत्कालै सरकार र निजी क्षेत्रबाट गरिएका छलफल र बहसले नेपाल सुरक्षित छ भन्नेमा पर्यटकलाई आशावादी बनाउने प्रयास गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सव्रिmयता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने विषयमा बृहत् छलफलको आयोजनासमेत गरिएको छ । जेनजी आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठुलो क्षतिबाट सृजित चुनौतीका बाबजुद नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्ने र प्रगतिको मार्गमा अगाडि बढिरहेको निष्कर्षसमेत निकालिएको थियो । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम् प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय पर्यटकलक्षित मुलुकमा प्रवाह गर्न आवश्यक पहलसमेत गरेको छ । पर्यटकलाई कसरी नेपाल सहज आवागमन र बसाइका लागि राज्य निकायले सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो । यसका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन विभिन्न पहल र सहजीकरण गरिरहेको पाइन्छ ।
पर्यटक भित्रिने मुख्य सिजनमै सृजित अवस्थालाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रलाई बिउँताउन विदेशी पर्यटक नै नेपाल प्रवर्धनमा जुटेको खबरले भने नेपालको पर्यटन क्षेत्रमा केही हदसम्म भए पनि सुखद मानिएको छ । अहिले केही चर्चित विदेशी भ्लगर, कन्टेन्ट व्रिmएटरका विषयवस्तुमार्फत नेपाल सुरक्षित रहेको सूचना प्रवाह भइरहेको देखिन्छ । नेपाल भ्रमणमा रहेका विदेशी नागरिकले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल भ्रमणका लागि सुरक्षित रहेको भन्ने सन्देश प्रवाह गरिरहेका छन् । विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका विदेशी नागरिकले नेपाल प्रवर्धन र पर्यटन बोर्डले सञ्चालन गरेको नेपाल नाउ (अहिले नेपाल) अभियानपछि नेपाल सुरक्षा जोखिममुक्त रहेको र पर्यटकीय आवागमनमा कुनै असर नरहेको सन्देश प्रवाह गर्दा नेपालको पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा दिएको आभाष भएको छ ।
राष्ट्रको आर्थिक मेरुदण्ड
जेनजी आन्दोलनपश्चात् उत्पन्न परिस्थिति र समाधानका लागि अन्तरिम सरकारका गठन भइसकेको छ । सरकारले आउँदो फागुन २१ गते निर्वाचनको मितिसमेत तोकिसकेको अवस्थामा अब यसले मुलुकलाई राजनीतिक स्थायित्वको सन्देश दिने गरी कार्य गर्नु अपरिहार्य देखिन्छ । सङ्कटलाई अवसरमा बदल्न सक्ने क्षमता नेपाल र नेपालीसँग छ भन्ने सन्देश प्रवाहसहित विदेशी पाहुनाको सुरक्षा सुनिश्चित गरिएको उदाहरणलाई अन्तर्राष्ट्रिय बजारमा बलियो सन्देशका रूपमा प्रस्तुत गर्नु पर्छ । पर्यटन क्षेत्र केवल प्रचारको विषय मात्र नभई राष्ट्रको आर्थिक र कूटनीतिक पहिचानको मेरुदण्ड पनि हो । पर्यटन क्षेत्रले ठुलो धक्का बेहोर्नु परेको अवस्थामा यससँग सम्बन्धित मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व हाल स्वयम् प्रधानमन्त्री सुशीला कार्कीले नै समाल्नुभएको छ । पर्यटन बजारलाई तत्काल चलायमान बनाउने पहलस्वरूप उक्त मन्त्रालयको जिम्मा पर्यटन क्षेत्र बुझेका कुनै जानकार र विज्ञ व्यक्तिलाई दिँदा पर्यटन क्षेत्रलाई थप सहज हुने अपेक्षासमेत गर्न सकिन्छ । यसका लागि सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र विदेशी पर्यटकबिचको सहकार्यले अहिलेको प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरण गराउन एकजुट हुनुको अर्को कुनै विकल्प छैन । अन्तर्राष्ट्रिय बजारमा नेपाल सुरक्षित रहेको बहुआयामिक सन्देश पु¥याउनका लागि नेपाल सरकारले सञ्चार माध्यम, विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधि, गैरआवासीय नेपाली (एनआरएन), विदेशमा बसोबास गर्ने नेपाली समुदायलाई समेत आग्रह गर्दै सबै नेपालीले आआफ्नो स्थानबाट रचनात्मक विधि अवलम्बन गर्नु अत्यावश्यक देखिन्छ ।