• ११ असोज २०८२, शनिबार

जहाँ बाँस त्यहाँ जीवन

blog

गाउँको मान्छे जन्मदेखि मृत्यु प्रयन्त बाँससँगै हुन्छ । मानिस जन्मनेबित्तिकै सुत्नका लागि प्रयोग गरिने कोव्रmो होस् अथवा काल वा अकालमा मृत्युपछिको अन्तिम यात्रा पनि बाँसबाट नै हुन्छ । बाँस दैनिक जीवनमा अत्यन्तै बहुउपयोगी वनस्पति हो । बाँस केवल वनस्पति मात्र नभई मानव सभ्यता, संस्कृतिको विकास र सामाजिक जीवनसँग गहिरो रूपमा गाँसिएको प्राकृतिक सम्पदा हो । यसलाई विश्वका विभिन्न संस्कृतिमा पवित्र, उपयोगी र जीवनदायी वनस्पतिका रूपमा लिइएको पाइन्छ । विशेषतः नेपाललगायत सम्पूर्ण एसियाली समाजमा बाँसको ऐतिहासिक र सांस्कृतिक महìव देखिन्छ । 

चीन, भारत, नेपाल र दक्षिणपूर्व एसियाली सभ्यतामा बाँस हजारौँ वर्षदेखि दैनिक जीवनसँग जोडिएको छ । पुराना ग्रन्थहरू, महाकाव्य र लोककथामा पनि बाँसलाई जीवन, स्थायित्व र पुनर्जन्मको प्रतीकका रूपमा चित्रण गरिएको पाइन्छ । वैश्विक सांस्कृतिक दृष्टिकोणमा चीनमा बाँसलाई साहित्य, चित्रकला र कवितामा ‘अटुट आत्मा’ को प्रतीकका रूपमा मानिन्छ । त्यसै गरी चीनमा बाँसलाई प्राचीन कालदेखि ‘चार सज्जन’ मध्ये एक मानिन्छ, जसले लचकता, बल, सरलता र निर्भीकता दर्शाउँछ । बाँस भित्री रूपमा खाली भए तापनि मजबुत हुन्छ, जसले विनम्रता र स्थिर चरित्रलाई सङ्केत गर्छ । यता भारतमा बाँसलाई ‘कल्पवृक्ष’ (इच्छा पूरा गर्ने वृक्ष) भन्ने भनाइ रहेको छ । त्यस्तै जापानमा बाँसलाई दुष्ट आत्माबाट सुरक्षा गर्ने पवित्र वनस्पतिका रूपमा मानिन्छ भने नेपालमा बाँसलाई ‘जीवनको साथी’ मानिन्छ, जुन जन्मदेखि मृत्युसम्म साथ दिने प्राणी (वनस्पति) हो । 

नेपाली गाउँघरमा पुराना पुस्तादेखि घर निर्माणमा बाँस प्रयोग हुँदै आएको छ । डोको, डालो, नाम्लो, नाङ्लो, टोकरी, पिँजडा जस्ता दैनिक प्रयोगका सामग्री परम्परागत रूपमा बाँसकै भरमा बनाइन्थे । त्यस्तै प्राचीन समयमा बाटो निर्माण, नहर र पुलपुलेसा बनाउन बाँसलाई अस्थायी संरचनाका रूपमा प्रयोग गरिएको थियो । बाँस मानव जीवन चव्रmसँग पनि सम्बन्धित छ । जन्म, विवाहदेखि मृत्यु संस्कारसम्म बाँसको उपस्थितिलाई महìवपूर्ण मानिन्छ भने यसको धार्मिक र प्रतीकात्मक मूल्य पनि विशिष्ट छ । हिन्दु र बौद्ध संस्कृतिमा बाँसलाई पवित्रता, स्थायित्व र शुद्धताको प्रतीक मानिन्छ । बौद्ध धर्ममा बाँसलाई ध्यान, अनुशासन र लचिलोपनको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । किराँत समुदायमा पनि बाँसलाई पवित्र र शुभ मानिन्छ । जस्तै राई, लिम्बू र अन्य किराँत जातिले माघेसङ्व्रmान्ति, साल्पोना र अन्य पर्वमा बाँसका सामग्री प्रयोग गर्छन् । लोककला र परम्पराको निरन्तरतामा पनि बाँसको स्थान अभिन्न छ । 

बाँसबाट बनेका मुरली, बाँसुरी, मादलको संरचना, पिङ आदि परम्परागत मनोरञ्जन, कला र संस्कृतिको अङ्ग बनेका छन् । ग्रामीण जीवनमा बाँसको पिङ (झुला) विशेष गरी हिन्दुहरूको महान् चाड बडादसैँ तथा दीपावली (तिहार) मा खेलिने सांस्कृतिक अभ्यास हो । लोककथाहरूमा बाँसलाई दयालु, लचिलो र सङ्घर्षशील जीवनको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ । त्यस्तै बाँस सामाजिक एकता र सहकार्य, सांस्कृतिक पहिचान र हस्तकला तथा लोकउद्योगको पर्याय पनि हो । यसले घर, खेत, पशुपालन, सजावट र खेलकुददेखि लिएर धार्मिक अनुष्ठान, मनोरञ्जन र सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको छ । यति मात्र होइन औद्योगिकीकरण र खाद्य सुरक्षामा पनि त्यतिकै योगदान दिएको छ ।

बाँस नेपाली समाजमा दैनिक जीवनको अभिन्न हिस्सा हो । यो हलुका, बलियो र बहुआयामिक प्रयोगले ग्रामीण र सहरी जीवनमा सुविधा, आर्थिक लाभ र सांस्कृतिक मूल्य प्रदान गरेको छ । नेपालमा बाँस दैनिक जीवनका विविध पक्षमा व्यापक रूपमा प्रयोग भएको हुन्छ । घरगोठलगायतका संरचनामा होस् वा ती संरचनाको सुरक्षाका लागि पर्खाल÷बाँधका रूपमा, मेला, चाडपर्व तथा धार्मिक अनुष्ठानमा सजावट र मञ्च व्यवस्थापन होस् वा अस्थायी पुलपुलेसा निर्माण गर्न, भान्सामा पारम्परिक पकवान बनाउन होस् वा अन्न भण्डारण, खेतीपाती गर्दा होस् वा अन्नबाली भिœयाउँदा, खोर गोठको ढाँचा निर्माणमा होस् वा त्यसभित्र रहने घरपालुवा जनावरका लागि खाद्यान्न स्रोत जुटाउन, तरकारी फलफूल अन्न बोटबिरुवालाई सुरक्षित राख्न होस् वा तापका लागि इन्धन÷ऊर्जाका रूपमा बाँसको प्रयोग गरिन्छ । के बन्दैन बाँसको ? के हँुदैन बाँसको ? घरेलुजन्य, कृषिजन्य, निर्माण सामग्रीका साथै घाँसदाउरा, खानेकुरालगायतका बहुउपयोगी सामग्री कति हुन्छन् भनेर र गनेर साध्यै छैन । हाम्रा पिता पुर्खाले बाँससँग जोडिएका धेरै ज्ञानसिप हामीलाई छोडेर गएका छन् । अब ती परम्परागत ज्ञानसिपलाई हामीले उचित जगेर्ना गर्दै यसलाई आधुनिक प्रविधिसँग जोड्दै अझ फराकिलो, उन्नत, प्रतिस्पर्धी र विकसित बनाउन आवश्यक छ । 

बाँस आज विश्वव्यापी रूपमा सतत विकास, हरित उत्पादन र दिगो उद्योगका लागि एक महìवपूर्ण कच्चा पदार्थका रूपमा विकास भएको छ । यसले केवल प्राकृतिक स्रोतका रूपमा नभई आर्थिक, औद्योगिक र वातावरणीय दृष्टिले ठुलो भूमिका खेलिरहेको छ । सन् २०२४ मा विश्व बाँस बजारको मूल्य लगभग ६७–७५ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । हरित र दिगो उत्पादनको बढ्दो माग, काठको विकल्प, बायोइनर्जी, फर्निचर, निर्माण र कपडाजन्य आवश्यकतामा वृद्धिसँगै सन् २०३० सम्म यसको आकार करिब ८७ देखि ९० अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ । बाँसको विश्व बजार द्रुत गतिमा बढिरहेको छ । पर्यावरणमैत्री, टिकाउ र बहुआयामिक गुणका कारण यसको माग बढ्दो छ । चीन विश्व बाँस बजारको मुख्य निर्यातकर्ता भएको अवस्था छ, जसले विश्व बजारको ६७ प्रतिशत हिस्सा ओगटेको छ भने अमेरिका र युरोप प्रमुख उपभोक्ता हुन् । नेपाल जस्ता देशले सही रणनीति, गुणस्तर सुधार, प्रसंस्करण प्रविधि र ब्रान्डिङमा ध्यान दिएमा अन्तर्राष्ट्रिय बजारमा सहभागी भएर लाभ उठाउन सक्छ । 

नेपालमा बाँस केवल वनस्पति होइन, दैनिक जीवनका अभिन्न अङ््ग हो । घर निर्माणदेखि भान्सा, खेती, सांस्कृतिक अनुष्ठान, खेलकुद र मनोरञ्जनसम्म बाँसको प्रयोग व्यापक छ । यसको हल्का, बलियो, दिगो र बहुआयामिक गुणले नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक मूल्य प्रदान गरेकोे छ । बाँसको संरक्षण, उचित व्यवस्थापन र आधुनिक प्रयोग प्रविधि अपनाउँदा स्थायी विकास, रोजगारी र जीवनस्तर सुधारका लागि महìवपूर्ण योगदान प्राप्त गर्न सकिन्छ । आर्थिक, सामाजिक, धार्मिक, पर्यावरणीय हरेक दृष्टिले महìव छ, बाँसको । बाँसबाट बाढीपहिरोको क्षतिलाई जोगाउन सकिन्छ । घर, अफिस, होटेल, रिसोर्ट आदि आवासीय वा व्यावसायिक भवनलाई आकर्षक र मनमोहक ढङ्गले सजावट गर्न सकिन्छ । नेपालमा बाँसबाट निर्मित वस्तुको माग र बजार व्रmमशः बढिरहेको र निर्माण सामग्री, हस्तकलाका आकर्षक सामान वा बाँसजन्य उद्योग देशभरि स्थापना गरी बाँसलाई सिप र समृद्धिसँग जोड्न सकेमा स्थानीय रोजगारीका अवसरमा उल्लेख्य वृद्धि भई देशको आर्थिक विकासमा टेवा पु¥याउन सकिने बलियो सम्भावना छ ।

बाँस बहुपयोगी छ, यो सजिलै हुर्कन सक्छ । उत्पादनका लागि लामो समय कुर्नु पर्दैन । वातावरणीय दृष्टिले समेत अत्यन्त उपयोगी छ । किनकि यसले अरू रुख बिरुवाभन्दा बढी कार्बन डाइअक्साइड शोषण गर्छ भन्ने कुरा विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । बाँस बहुउपयोगी भएको र यसको प्रयोगबाट मनग्गे आर्थिक उपार्जन गर्न सकिने भएकाले यसलाई ‘कलीयुगको कल्पवृक्ष’ अनि ‘हरियो सुन’ पनि भनिन्छ किनभने यो जीविकोपार्जन, आवास, वातावरण र संस्कृतिको अभिन्न अंश हो । जसरी जीवन बाँच्न अन्नपानी, वायुसँग सम्बन्धित छ, त्यसरी नै ग्रामीण समाजमा बाँसले जीवनधारासँग प्रत्यक्ष सम्बन्ध राख्छ । जीवन टिकाउन आवश्यक स्रोत, आश्रय, रोजगारी, संस्कृति बाँससँग जोडिएका छन् । बाँस भएको ठाउँमा हरियाली, वातावरणीय सन्तुलन र जीविकोपार्जन सम्भव हुन्छ । बाँस नभएको ग्रामीण जीवनको कल्पना गर्न गाह्रो हुन्छ ।