नेपाली समाजमा ज्येष्ठ नागरिकलाई देवता सम्झी पूजा गर्ने परम्परा छ । आफ्नो जीवन कालमा सँगालेका अनुभव, भोगेका घटना परिघटना, सिकेका ज्ञान, गुण र सिप, अँगालेका पेसा, व्यवसाय, परिवार समाज व्यवस्थापनका कुरा अनुकरणीय हुन्छन् । दोस्रो पुस्तालाई हस्तान्तरण गर्दै आइरहनु स्वाभाविक छन् । त्यसबाट शिक्षा लिई नयाँ ज्ञान–विज्ञानका प्रसङ्ग जोडेर नयाँ पुस्तामा पुस्तान्तरण गर्नु जीवन धर्म बन्छ । यसरी समाज वंशानुगत संस्कारमा चलिरहेको छ ।
हाम्रो सांस्कृतिक परम्परामा ज्येष्ठ नागरिकलाई अनुभवी, ज्ञानी, विवेकशील र व्यावहारिक अनुभूतिले ओतप्रोत मानी पुज्ने र मानसम्मान गर्ने गरिएको यथार्थ बनेकै छ । अनेक समस्या भोगेर सन्तानलाई स्याहारसम्भार गरी हुर्काउनु मातापिताको धर्म बनेको छ । धर्म, कर्म बन्छ । बनेको छ पनि । विश्वव्यापी जीवन संस्कार छ । यो प्राणी मात्रका शाश्वत स्वभाव । स्वः = आफू, भाव आफूभित्रको मनोवृत्ति !
खेती किसानीका बेला परिवार एकअर्कोमा आश्रित भइरहेको यथार्थ बनेको थियो । ममतामयी वातावरणमा, संयुक्त परिवार चल्थ्यो । बदलिएको समयसँगै बिस्तारै खेती किसानी हराउँदै छ । सन्तती रोजगारीका लागि कोही देशबाहिर त कोही देशमै भए पनि सानु एकल पारिवारिक सामाजिक संरचना भइरहेको यथार्थ हो । यस्तो अवस्थामा ज्येष्ठ सदस्यलाई हेर विचार गर्ने, स्याहारसुसार गर्ने कर्ममा समस्या उब्जेका छन् । अनेक असुविधा र समस्या देखिएका छन् । अब ज्येष्ठ नागरिकलाई विश्वव्यापी रूपमै परिवारबाट पूर्ववत् मायाममतामा कमी हुँदै गएको देखिन्छ । मानसिक र शारीरिक रूपमा समस्याग्रस्त हुन पुगेको यथार्थ बनेको छ । हाम्रो देशमा पनि यी र यस्ता घटना घटेको समाचार माध्यममा आउने गरेका छन् नै ।
नेपाली समाजमा पनि ज्येष्ठ नागरिकले आफूलाई एक्लिएको पाउनु, समयमा खानपान गर्न नपाउनु, बिरामी हुँदा समयमै स्वास्थ्य केन्द्रमा औषधी उपचार गर्न नपाउनु, समयमा नुहाइधुवाइको व्यवस्था नहुनु, समय बिताउन गाह्रो हुनु आदि समस्याले पिरोलिरहेको छ । यी र यस्ता समस्या दृष्टिगत गरी ज्येष्ठ नागरिकको जीवन सामान्य सुविधायुक्त बनाउन सामाजिक संस्था, सरकारी निकाय र अन्तर्राष्ट्रिय सङ्घ संस्था उद्यत छन् । यसलाई मनन गरी मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, जेष्ठ नागरिक सिद्धान्त १९९१, मकाउ ज्येष्ठ नागरिकका लागि योजना तथा कार्यान्वयन १९९८, स्पेनको म्याड्रिड अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक योजना तथा कार्यान्वयन २००२ आदि अन्तर्राष्ट्रियस्तरमा ज्येष्ठ नागरिकको हित, अधिकारका लागि भएका घोषणा तथा कार्यव्रmममा नेपालको पनि सहभागिता रहेको छ । त्यस अनुसार नेपाल सरकारले पनि ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन ज्येष्ठ नागरिक नीति, कार्यव्रmम तथा दीर्घकालीन अवधारणा ‘ज्येष्ठ नागरिक कार्ययोजना २०६२’ लागु गरेको छ ।
नेपालको संविधानले वृद्धवृद्धालाई संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको छ ।
– ज्येष्ठ नागरिक ऐन, २०६३ जारी भएको छ ।
– ज्येष्ठ नागरिक कल्याण समिति गठन,
– ज्येष्ठ नागरिक विशेष बजेट र योजना निर्माण,
– सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था,
– अस्पतालमा उपचारको व्यवस्था,
– सरकारी कार्यालय, टेलिफोन, बिजुली, खानेपानी कार्यालयमा छुट्टै लाइनको व्यवस्था आदि उल्लेख छ ।
नेपालको संविधान २०७२ को धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ’ भनिएको छ ।
त्यसै ऐन नीतिबमोजिम केन्द्रमा ज्येष्ठ नागरिक कल्याण समिति गठन भएको छ । ७७ वटै जिल्लामा समिति गठन भएको छ ।
विश्वमा ६० वर्ष नाघेका जनसङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशत रहेको अनुमान छ । नेपालमा २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्याको नौ प्रतिशत ज्येष्ठ नागरिकको सङ्ख्या रहेको थियो । २०७८ को जनगणनाको नतिजा अनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धिदर ३.०७ प्रतिशत रहेको छ । पछिल्लो राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजार ३१८ पुगेको छ, जुन कुल जनसङ्ख्याको १०.२१ प्रतिशत हो । राज्यले सामाजिक सुरक्षामा कुल गार्हस्थ उत्पादनको करिब तीन प्रतिशत खर्च गर्दै आएको छ । यसमा ज्येष्ठ नागरिक, शारीरिक रूपमा असक्षम, एकल महिला आदि पर्छन् ।
ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन् । उहाँहरूको योगदानको कदर गरी संरक्षण, सुविधा र सम्मान गर्नका लागि संयुक्त राष्ट्र सङ्घले सन् १९९० को डिसेम्बरमा अक्टोबर १ लाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । जस अनुसार सन् १९९१ देखि नेपालमा पनि अक्टोबर १ को दिन यो दिवस मनाउन सुरु गरिएको छ । सन् १९९९ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक वर्ष मनाउने घोषणा गरियो । जस अनुसार विश्वका धेरै देशले उक्त दिवस मनाएका थिए ।
यसरी विश्वमा नै ज्येष्ठ नागरिकलाई सुरक्षा, सुविधा र सम्मान प्रकट गर्न सरकारी तथा गैरसरकारी संस्थाबाट योजना बनाई कार्यव्रmम सञ्चालन गरिरहँदा पनि उनीहरूका समस्या र पीडामा कमी आउन नसकेको महसुस भइरहेको छ । जसमा निम्न अभाव खट्किएको देखा परेको छ ।
– सरकारी तथा गैरसरकारी निकायबिच समन्वयको अभाव ।
– ज्येष्ठ नागरिकको ज्ञानसिपको सूची तयार गरी उपयोग गर्न नसक्नु । उनीहरूको ज्ञानसिपलाई विकासको मूल प्रवाहमा सामेल गर्न नसक्नु ।
– सूचना तथा तथ्याङ्कको अभाव ।
– सञ्चालित कार्यव्रmमको अनुगमन र मूल्याङ्कनको व्यवस्था कमजोर हुनु ।
– वित्तीय तथा प्राविधिक स्रोतसाधनको अपर्याप्तता ।
– स्थानीय तहले कार्यव्रmम बनाई सञ्चालन गर्दा यस वर्गलाई प्राथमिकतामा नपार्नु ।
– आधारभूत सेवा सुविधा अपर्याप्त हुनु ।
– संयुक्त परिवार विखण्डन भई एकल परिवारतर्फ
उन्मुख हुनु ।
– सरोकारवाला निकायको समन्वयको कमी ।
– सरकारको नीतिगत प्राथमिकता अन्तर्गत काम गर्ने संस्कारको न्यूनता ।
– सरकारी र निजी क्षेत्र एकअर्काको परिपूरक भई अघि
बढ्न नसक्नु ।
– ज्येष्ठ नागरिकलाई सम्मान, सुरक्षा एवं सुखी बनाउनका लागि निम्न कुरामा ध्यान पु¥याउनुपर्ने तड्कारो छ ः–
– ज्येष्ठ नागरिकलाई घरमै स्याहारसुसार उपचारको
व्यवस्था गर्ने ।
– वडा समितिले दिवा स्याहार केन्द्रको व्यवस्था गर्ने ।
– पोषण सुरक्षाको व्यवस्था गर्ने ।
– अस्पतालमा ज्येष्ठ नागरिक वार्डको व्यवस्था गर्ने । निःशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गर्ने ।
– निःशुल्क आधारभूत सहायता सामग्री वितरण गर्ने ।
– ज्येष्ठ नागरिक हेरचाह गर्नेलाई तालिमको व्यवस्था गर्नुपर्ने ।
– मानसिक र भौतिक सुरक्षा सार्थक हुनुपर्ने ।
– विद्यालय पठ्यव्रmममा ज्येष्ठ नागरिक सम्मानसम्बन्धी विषय समाविष्ट गर्नुपर्ने ।
– ज्येष्ठ नागरिकले पाउने रकममा कर छुट गर्ने ।
मुलुक सङ्घीयतामा गएको छ । देशमा तीन तहका सरकार व्रिmयाशील छन् । केन्द्र र प्रदेशले यसलाई प्राथमिकतामा राखेर आफ्ना दायित्व निर्वाह गर्ने अपेक्षा गरौँ । ज्येष्ठ नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकाय यहाँका स्थानीय सरकार नगरपालिका र वडा कार्यालय हुन् । समाजको सार्थक वर्ग ज्येष्ठ नागरिकको सुरक्षा, सम्मान र सुखी जीवनका लागि बजेट विनियोजनतर्फ राष्ट्रले ध्यान पु¥याउने आशा गरौँ । हातमा हात, काँधमा काँध मिलाई सहकार्य गर्न तत्पर रहौँ ।
नेपाल राष्ट्रभर नै समुदायगत, सामाजिक, आर्थिक, सांस्कृतिक संरक्षण र उत्थानका लागि कार्य गर्दै आइरहेका निकायले ज्येष्ठ नागरिकसित सम्बन्धित समस्या समाधानका लागि स्थानीय अगुवा र सहयोगी सङ्घसंस्थासँग सहकार्य गरी सार्थक रूपमा अघि बढून् । शुभ भवत सर्व धर्म बनून् । समुन्नत राष्ट्र नेपाल बनून् ।
पङ्क्तिकार वैचारिक सञ्चारकर्मी हो, उमेरले ९० बाट ९१ वर्ष उन्मुख छु । लोभ, मोहको अपेक्षा छैन । एक्लो छोराबुहारी र एक्लो नाति जीवनदायी सुख शान्तिको कारक तìव ठाने मानेको छु । धेरै जना छोराबुहारी पीडाका पोका बनेको नजिकबाट देखेँ भोगेको छु । धेरै छोराबुहारी बारुलाको घार बनेको कठोर कहालीले कटकटेको अनन्त अचाक्ली पनि देखेको छु । युग परिवर्तनकारी छ । छेकेर छेकिन्न । चव्रm घुमिरहन्छ अनवरत । खेती किसानीको जमाना गुज्रिसकेछ । काठमाडौँ उपत्यका, दाङदेउखुरी, पाल्पा, डोटी, दैलेख उपत्यकाले फेरिसके काँचुली । उसताका खेतीपातीका निम्ति श्रमशक्ति अधिक चाहिन्थ्यो । संयुक्त पारिवारिक प्रथा थियो । आजको परिवेशले पौराणिकता धान्न सक्दैन । संस्कृति, इतिहास, परम्पराका मूल्यमान्यता कुम्ल्याउनु आफ्नै परिप्रेक्ष्य मूलक सन्दर्भ बन्छ । गाँसेगुसे एकैनासे हुन्छ, कहाँ बदलिएको परिवेशको परिधानमा !