• १३ असोज २०८२, सोमबार

प्रधान सेनापति ट्रफी सम्पन्‍न

blog

पुरस्कार ग्रहण गर्दै खेलाडी । तस्बिर : सैनिक मुख्यालय

काठमाडौँ, असोज १० गते । प्रधान सेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

भदौ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश गरिएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा शुक्रबार प्रतियोगिताको समापन गरिएको हो । 

प्रतियोगितामा उपत्यका पृतना प्रथम भयो । श्री नं.१६ बाहिनी अड्डा द्वितीय भयो । गणतर्फ पुरानो गोरख गण प्रथम र श्री जगदल गण द्वितीय भयो । 

विजयी टिमलाई प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिवलगायतले पुरस्कार प्रदान गर्नुभयो ।