• १३ असोज २०८२, सोमबार

ओभिडोमाथि बार्सिलोनाको सहज जित

blog

बल खोस्ने प्रयास गर्दै बार्सिलोना र ओभिडोका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, असोज १० गते । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा रियल ओभिडोमाथि सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल ओभिडोलाई ३–१ गोलले हरायो । बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

बार्सिलोनाको जितमा एरिक गार्सिया, रोबर्ट लेवानडोवस्की र रोनाल्डा अराउजोले गोल गर्नुभयो । यसअघि ओभिडोका अल्बर्टो रेइनाले सुरुवाती गोल गर्नुभएको थियो । 

जितसँगै ६ खेलबाट १६ अङ्क बनाएको बार्सिलोना दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको रियलको १८ अङ्क छ । पराजित ओभिडो समान खेलबाट तीन अङ्क बटुल्दै १८औँ स्थानमा छ । एजेन्सी