• १३ असोज २०८२, सोमबार

३५ महिला फुटबल खेलाडी बन्द प्रशिक्षणमा

blog

राष्ट्रिय महिला फुटबल खेलाडी । फाइल तस्बिर

काठमाडौँ, असोज १० गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतसँगको मैत्रीपूर्ण खेलका लागि ३५ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो ।

नेपालले भारतसँग कात्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ ।