• ९ असोज २०८२, बिहिबार

दसैँ काव्यशृङ्खला–तीन सम्पन्न

blog

काठमाडौँ, असोज ९ गते । साहित्य मन थाइल्यान्डले आयोजना गरेको ‘आदर्श दिव्य दृष्टि’ शृङ्खला–तीन अन्तर्गत विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि युवराज नयाँघरेले प्रवासी भूमिबाट साहित्य, कला र संस्कृतिको संरक्षणमा नेपाली समुदायले पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । 

प्राडा वीणा पौडेलले दसैँको सांस्कृतिक महत्व र यसले नेपाली समाजलाई जोड्ने भूमिकाबारे आफ्नो धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकारहरूले आफ्ना सिर्जनात्मक रचना प्रस्तुत गर्नुभएको थियो ।