• ८ असोज २०८२, बुधबार

दुई हजार गोलीका खोका औद्योगिक क्षेत्रबाट चोरी भएको खुल्यो

blog

बरामद भएका गोलीका खोका । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज ८ गते। नेपालगन्जमा गत आइतबार बिहान स्थानीयले नियन्त्रणमा लिएका एक भारतीय चोरबाट बरामद गरिएका दुई हजार बढी गोलीका खोकाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले गोलीका खोकाको बारेमा विस्तृत अनुसन्धान भइरहेकोले अहिले नै सबै कुरा खोल्न नमिल्ने बताउनुभयो। औद्योगिक क्षेत्रबाट चोरिएको खुलासा गरे पनि कुन औद्योगिक क्षेत्र भन्ने खुलेको छैन। 

यो विषयमा प्रहरीले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको पातलीले बताउनुभयो। 

शुक्रबार राति नेपालगन्ज ३ एकलैनीमा चोरी गर्ने धम्कीसहितको पर्चा टाँसेर शनिबार राति चोरी गर्न आएका चोरमध्ये एकजनालाई स्थानीयले नियन्त्रणमा लिएका थिए। 

नियन्त्रणमा लिएर खानतलासी गर्दा बोरामा दुई हजार ९७ वटा गोलीका खोका र केही औजार भेटिएको वडा नम्बर ३ का वडाअध्यक्ष अय्युब सिद्दिकीले बताउनुभयो।