• ८ असोज २०८२, बुधबार

एरिकासहित करातेमा पदक विजेता सम्मानित

blog

कराते स्टार एरिका गुरुङलाई सम्मान गरिँदै ।

काठमाडौँ, असोज ८ गते । दक्षिणकाली नगरपालिका-८,  छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ । 

विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा खेलाडी सम्मानित भएका हुन् । सम्मानित हुनेमा एरिका गुरुङसहित सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटी मगर हुनुहुन्छ । 

सोही अवसरमा प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । खेलाडी र प्रशिक्षकलाई डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदिप आचार्य, सल्लाहकार विष्णु बाँस्तोलालगायतले सम्मान गर्नुभयो ।