• ९ असोज २०८२, बिहिबार

श्रीमतीको हत्या गरी प्रहरीकोमा आत्मसमपर्ण

blog

हत्या भएको घटनास्थल । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, असोज ९ गते ।
नवलपुरको कावासोतीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–८ ज्ञानोदय चोक नजिकै गएराति ४५ वर्षीय सूर्यप्रसाद पाण्डेले श्रीमती ४० वर्षीया संगीता पाण्डेको हत्या गरेका हुन् ।

श्रीमतीलाई चक्कु प्रहार गरी उहाँले प्रहरीकोमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

चक्कु प्रहारबाट घाइते हुनुभएकी पाण्डेलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका नेपालले बताउनुभयो ।

पाण्डेले श्रीमतीको पेटमा चक्कु प्रहार गरेका प्ररीको भनाइ छ । घटनास्थलमा चक्कुसमेत बरामद गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने पाण्डे अहिले प्रहरीको नियन्त्रणमा छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । श्रीमान र श्रीमतीबिच घरायसी विवादका कारण झगडा हुँदा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरेको स्थानीयलाई उद्धत गर्दै प्रहरीले जनाएको छ