• ८ असोज २०८२, बुधबार

एसियाली पौडीमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने

blog

बिदाइको क्रममा पौडी टोली ।

काठमाडौँ, असोज ८ गते । एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११औँ संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ ।

सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा नेपालका ११ पुरुष र पाँच महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असीम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्नुहुनेछ ।

महिलामा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्नुहुनेछ । प्रशिक्षकमा शङ्कर कार्की, अफिसियलमा दीपकसागर सिंह महर्जन, नवीना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन रहनुभएको छ । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले बुधबार एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।