• ८ असोज २०८२, बुधबार

प्रभा र हिमाल विश्व पारा एथलेटिक्स खेल्दै

blog

काठमाडौँ, असोज ८ गते । विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । 

सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा र महिलमा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङ जम्पमा प्रतिस्पर्धा गर्नुहुने छ । 

दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट हुनुभएको हो । प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा एतिहासिक रजत पदक जित्नुभएको थियो । 

नेपाली टोलीको अफिसियलमा पारा एथलेटिक्स सङ्घ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे हुनुहुन्छ । टोलीलाई बुधबार बिदाइ गरिएको छ ।