गणेश खनाल
अर्घाखाँची, असोज ८ गते । अर्घाखाँचीको एक सामुदायिक वनका अध्यक्षसहित उपभोक्ता मिलेर अवैध रूपमा सालको रुख काटेर चिरान गदैँगरेको अवस्थामा प्रक्राउ परेका छन् ।
शितगङ्गा नगरपालिका-८, झाक्रिथान सामुदायिक वनका अध्यक्ष डुकबहादुर खत्रीसहित १० जनालाई काठ चिरान गरिरहेको अवस्थामा प्रक्राउ गरिएको हो । अर्घाखाँचीबाट सालको रुख काटी प्युठानको सरुमारानी गाउँपालिका-१, खुनझुने काठ चिरान गरिरहेको अवस्थामा प्युठानको डिभिजन वन कार्यालय प्युठानले मङ्गलबार साँझ डिभिजन वन कार्यालय अर्घाखाँचीलाई बुझाएको छ ।
प्रकाउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ । हाल १० जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सामुदायिक वनका पूर्व अध्यक्ष हुमबहादुर वाकवल, शितगङ्गा–८ कै स्थानीय चन्द्रबहादुर वाकवल, सोही ठाउँकै टीकाराम पुलामी र पुरन धामी रहेको अर्घाखाँची डिभिजन वन कार्यालयका निमित्त प्रमुख गणेशकुमार थारूले जानाकारी दिनुभयो ।
यस्तै, त्युठान जिल्ला सरुमारानी गाउँपालिका–१, खुनझुनेका लेखबहादुर केएम, सकुर मिया, वीरबहादुर धामी, शङ्कर विश्वकर्मा र एक जना नाबालिका रहेको जनाइएको छ ।