काठमाडौँ, असोज ८ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित थाइल्यान्डका राजदूत सुवापोङ श्रीस्वर्नले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
बुधबार सिंहदरबारमा सम्पन्न भेटवार्तामा नेपाल र थाइल्यान्डबिचको आपसी सम्बन्ध, सहयोग र साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले दुई देशबिच ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा राजदूतले नेपालमा कार्यकालका क्रममा प्राप्त सहयोग, सद्भाव र सहयोगी वातावरणप्रति आभार व्यक्त गर्दै दुई देशबिचको मित्रतालाई भविष्यमा पनि थप प्रगाढ बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।