खेमराज सापकोटा
रानी (मोरङ), असोज ८ गते । मोरङको विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको घरको छतबाट खसेर मृत्यु भएको छ ।
मोरङ प्रहरीले दिएको जानकारीअनुसार तीन तले घरको छतबाट खसेका पौडेल गम्भीर घाइते हुनुभएको थियो । तत्काल उद्धार गरी विराट नर्सिङ होम लगिए पनि उपचार सुरु हुनुअघि नै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार पौडेल कसरी छतबाट खस्नुभयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।