सुधा देव
भारदह(सप्तरी), असोज ६ गते । उच्च अदालत जनकपुर राजविराज इजलासले बिदामा पनि काम सुचारू गर्ने भएको छ । असोज ६ देखि २० गतेसम्म अदालत बन्द रहेपनि न्याय प्रशासन ऐन २०७३ को दफा २६(१)(ख) बमोजिम उक्त बिदाको अबधिमा पर्न आउने बन्दी प्रत्यक्षीकरणको निवेदन, सुनुवाइ, पक्राउ पुर्जी अनुमति तथा जरुरी पक्राउ पुर्जी लगायत काम अदालतमा सुचारू रहने छ ।
उच्च अदालतका रजिस्ट्रार लोकनाथ पराजुलीले एक सूचना जारी गरी घटस्थापना, विजया दशमी, कोजाग्रा पूर्णिमा र शनिबार बाहेक अन्य दिन बिहान ११ देखि ३ बजेसम्म अदालत खुला रहने जानकारी दिनुभएको छ ।
सूचनामा भनिएको छ, ‘‘बिहान १० बजे दर्ता हुन आएको बन्दी प्रत्यक्षीकरण सोही दिन इजलास समक्ष पेस हुने र १ बजेपछि दर्ता हुन आएको निवेदन भोलिपल्ट सुनुवाइ हुने छ ।’’
यसैगरी, सप्तरी जिल्ला अदालतले पनि सूचना जारी गरी असोज ६ देखि २० गतेसम्म बिदा रहने घटस्थापना बिजया दशमी, काजाग्रा पूर्णिमा र निबार बाहेक पक्राउ अनुमति बाहेक अन्य कुनै कामकाज नहुने बताइएको छ ।