• ६ असोज २०८२, सोमबार

सुन प्रतितोलमा सात सय बढ्यो

blog

काठमाडौँ,  असोज ६ गते ।  सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू. दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रू. दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू. सात सय बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला रू. दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस