• ११ पुस २०८१, बिहिबार

वामदेवको नयाँ दल घोषणा आज : ६९ सदस्यीय केन्द्रीय समिति बन्यो

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असार १४ गते । नेकपा (एमाले)का पूर्व उपाध्यक्ष वामदेव गौतमले आज औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्नुहुने भएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी घोाषणा गर्न लाग्नुभएको हो । अभियानको उहाँ संयोजक हुनुहुन्छ । साथै, उहाँ राष्ट्रिय सभाका सांसद पनि हुनुहुन्छ । 

पार्टीका प्रसार विभाग प्रमुख निमकान्त पाण्डेले दिनुभएको जानकारी अनुसार, संयोजक गौतमले आज राजनीतिक दलको घोषणा गर्न लाग्नुभएको हो । 

नयाँ पार्टी निर्माणका लागि उहाँले असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला आयोजना गर्नुभएको थियो । त्यसमा निर्वाचन आयोगमा दर्ता भएका तीन राजनीतिक दलसहित पाँच अन्य दल पनि सहभागी थिए । 

आयोगमा दर्ता भएका दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी छन् भने आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह सहभागी थिए । 

सम्मेलनले ६९ सदस्यीय केन्द्रीय समितिको निर्माण गरेको छ । सोही बैठकले गरेका विभिन्न निर्णयलाई आज दिउँसो ३ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी प्रचार विभाग प्रमुख पाण्डेले दिनुभयो ।